Paschim Express
डडेल्धुराका जोशी एआईजीमा सिफारिस

डडेल्धुरा । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशी प्रहरी अतिरिक्त महानिरीक्षकमा सिफारिस भएका छन् ।

सोमबार गृह मन्त्रालयका सचिवको नेतृत्वमा हुने बढुवा सिफारिस समितिको बैठकले डडेल्धुराको परशुराम नगरपालिका पुख्र्यौली घर भएका जोशीलाई एआईजीमा सिफारिस गरेको हो ।

एआईजी उमेशराज जोशी अवकाश भएपछि रिक्त पदमा जोशी सिफारिस भएका हुन् । यसअघि डीआईजी पोषराज पोखरेल पनि एआईजीमा सिफारिस भएका थिए । तर उनी एआईजी नियुक्त नहुँदै अवकाशमा गएका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update