Paschim Express
सुदूरपश्चिममा विशेष अधिवेशनको विषय अस्पष्ट  : कार्यव्यवस्था परामर्श समिति

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको मंगलबारका  लागि आह्वान गरिएको विशेष अधिवेशनको विषय नै अस्पष्ट देखिएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अधिवेशनको विषयवस्तु नै अस्पष्ट देखिएको ठहर गरेको हो ।

सभामुख भीमबहादुर भण्डारीका अनुसार विशेष अधिवेशनको विषय अस्पष्ट देखिएपछि विषयवस्तु निक्र्यौल गरी दिन माग गर्दै प्रदेश प्रमुखको कार्यालयलाई पत्राचार गरेको छ ।

सभामुख भण्डारीले भने, ‘अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखबाट आएको पत्र नै अस्पष्ट छ । अधिवेशन आह्वान गर्नको लागि कुनै कारण नखुलेकोले स्पष्ट गरी दिनको लागि पत्राचार गर्ने निर्णय गरियो ।’

प्रदेश सभाको एक चौथाइ प्रदेश सभा सदस्यहरू ९कांग्रेस र एमालेसहित० विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुख कहाँ निवेदन गरेपछि प्रदेश प्रमुखले साउन ८ गतेका लागि विशेष अधिवेशन आह्वानको लागि प्रदेश सभामा पत्राचार गरेका थिए ।  

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update