Paschim Express
बुडरमा गुडिरहेको बसको आपतकालीन ढोका भाँचिदा खसेर डडेल्धुराकी यात्रु घाइते

डडेल्धुरा । बैतडीबाट महेन्द्रनगरतर्फ गइरहेको बसको ढोकाबाट खसेर महिला घाइते भएकी छन् ।

भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका–१ को बुडरमा ना ७ ख १२६४ नम्बरको बसको आपतकालीन ढोकाबाट खसेर महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा डडेल्धुराको आलिताल गाउँपालिका–१ की ४० वर्षीया कलावती बोहोरा रहेकी छन् ।

आपतकालीन ढोका भाँचिदा खसेर घाइते भएकी बोहोराको छतिवन स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि धनगढी पठाइएको छ । उनको अहिले माया मेट्रो अस्पतालमा  उपचार जारी छ । 

बस र चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने ४५ वर्षीय प्रेमसिंह धामीलाई इलाका प्रहरी कार्यालय बुडरले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update