Paschim Express
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न स्थानीय तहलाई परिपत्र

काठमाडाैं- सरकारले सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न स्थानीय तहलाई परिपत्र गरेको छ ।

गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सोमबार ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै लाभग्राहीलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न भनेको हो ।

गत शुक्रबार मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीको सूचीकरण तथा नवीकरण गर्न विभागले सूचित गरेको थियो ।

गत असार २७ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीलाई राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई टेकेर विभागले स्थानीय तहलाई परिपत्र गर्दै निर्णय कार्यान्वयन गर्न भनेको हो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषद्ले गत जेठ २४ मा सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update