Paschim Express
डडेल्धुराका तीन जना विद्यार्थी लुम्बिनी एकेडेमीमा निशुल्क भर्ना, ल्याब शुल्क मात्रै तिर्नुपर्ने

डडेल्धुरा । काठमाडौंको लुम्बिनी एकेडेमीक फाउन्डेसनले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने डडेल्धुराका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई यसवर्ष पनि छात्रवृत्ति उपलब्ध गराउने सहमतिअनुसार तीन विद्यार्थी भर्ना भएका छन् ।

लुम्बिनी एकेडेमी चावहिलमा आलिताल गाउँपालिकाका दुई र अजयमेरु गाउँपालिकाका एक विद्यार्थीलाई भर्ना गरिएको नेपाल विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष पवन ऐरले जानकारी दिए । ल्याव शुलक वाहेक अन्य सवै शुल्क नलाग्ने गरि निशुल्क भर्ना गरिएको हो । उनका अनुसार आलिताल गाउँपालिका वडा नम्बर २ का दिपेश मल्ल र दिपिशा मल्ल तथा अजयमेरु गाउँपालिका वडा नम्बर १ का प्रदिप भण्डारीलाई भर्ना गरिएको हो ।

उनीहरु पतीनै जना विज्ञान संकाय अध्ययनका लागि भर्ना भएका हुन् । नेविसंघ डडेल्धुराका अध्यक्ष ऐरका अनुसार उनीहरुले अध्ययनका क्रममा प्रयोगशाला शुल्क मात्रै तिर्नुपर्नेछ भने अन्य सबै शुल्क नलाग्ने गरि निशुल्क भर्ना गरिएको हो ।

यसवर्ष उत्कृष्ट नतिजा ल्याउने डडेल्धुराको सात वटा पालिकाबाट एक÷एक जना गरी जम्मा ७ जनालाई पूर्ण र प्रत्येक पालिकाबाट ३ जनालाई आंशिक गरी जम्मा २८ जनालाई छात्रवृत्ति प्रदान गर्ने गरी लुम्बिनी एकेडेमिक फाउन्डेसनसंग नेपाल विद्यार्थी संघ डडेल्धुराले सम्झौता गरेको थियो ।

सम्झौताअनुसार ७ जना विद्यार्थीहरुले परीक्षा तथा प्रयोगात्मक शुल्क मात्र तिर्नु पर्नेछ भने आँशिक छात्रवृत्ति पाउने २१ जनालाई वार्षिक शुल्कको ७५ प्रतिशत छात्रवृत्ति दिइने छ ।

अघिल्लो वर्ष नै काठमाडौंको चावहीलस्थित चुच्चेपाटीमा रहेको लुम्बिनी एकेडेमिक फाउन्डेसनका प्रवन्ध निर्देशक रविन चन्द्र कोइराला, नेपाल विद्यार्थी संघ केन्द्रीय सदश्य भुवन भट्ट र नेपाल विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष पवन ऐरले उक्त सम्झौता गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update