Paschim Express
सौर्य एयरलाइन्सको दुर्घटनास्थलबाट १५ जनाको शव निकालियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटनामा परेको सौर्य एयरलाइन्समा सवारमध्ये १५ जनाको शव निकालिएको छ ।

नेपाली सेनाका सुचना अधिकारी गौरवकुमार केसीका अनुसार १५ जनाको शव निकालिएको छ ।
अन्यको खोजी तथा उद्धारकार्य जारी छ ।

परिक्षण उडानका लागि पोखरा जान लागेको जहाजमा सौर्य र विमानस्थलका अन्य कर्मचारी रहेको बताइएको छ ।
घटनास्थलबाट ३ जना घाइतेलाई अस्पताल लगिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update