Paschim Express
जहाजमा सवार पाइलटबाहेक सबैको निधन, यी हुन् सौर्य एयरलाइन्समा सवार यात्रु

काठमाडौं ।  सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो ।

जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।

सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो । ९एन–एएमई जहाजमा १९ जना सवार थिए ।

उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।

51733e6b-5c65-47d8-9aeb-71c531b70929-1721803810.jpeg

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update