Paschim Express
अस्ताए शिक्षक मडै

धनगढी । विद्यालयमा बेहोस भएका बैतडीका एक शिक्षकको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५ को रौलेश्वर माविका शिक्षक प्रताप मडैको मृत्यु भएको हो ।

विद्यालयमा बेहोस भएपछि उनलाई उपचारका लागि धनगढी पुगाइएको थियो । 

उनलाई तीन दिनअघि धनगढी ल्याइएकोमा शनिबार मृत्यु भएको जनाइएको छ । उनको घर बैतडीको मडगाँउ हो । उनको मृत्युमा आज विद्यालयले शोक बिदा दिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update