Paschim Express
डडेल्धुरामा अभद्र व्यवहार मुद्दामा फरार रहेका युवक समातिए

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका-६ भालुमारे बस्ने ४६ वर्षीय भीम प्रसाद भट्टराई समातिएका छन् । अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट ११ दिन कैद र ५ हजार रुपैयाँ जरिबाना तोकिई फरार रहेका उनी हिजो राति पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको टोलीले अमरगढी-७ पोखरा बजारबाट पक्राउ गरेको र सो सम्बन्धमा थप कारबाही भइरहेको बताएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update