Paschim Express
डडेल्धुराका यी क्षेत्रमा शनिबार ९ घन्टा विद्युत अवरुद्ध हुने

डडेल्धुरा । डडेल्धुराका विभिन्न क्षेत्रमा शनिबार विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका अनुसार शनिबार बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

केन्द्रले जारी गरेको सूचनामा बागबजार तथा चमडा फिडरबाट आपूर्ति हुने खलंगा तथा बागबजार क्षेत्र, चमडा, भद्रपुर, भुल्कुडा, विप्लम, लामीकाडे लगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।

जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ५ किल्ला नजिक मर्मत र लाइन विस्तारको कार्य हुने भएकोले सेवा अवरुद्ध हुने वितरण केन्द्रले जानकारी दिएको छ । तोकिएको समयभन्दा अगाडि नै काम सकिए सोहीअनुसार सेवा अगाडि नै सुचारु हुने पनि केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update