Paschim Express
डडेल्धुराका  विभिन्न क्षेत्रमा बिहीबार ९ घन्टा विद्युत अवरुद्ध हुने

डडेल्धुरा । डडेल्धुराका विभिन्न क्षेत्रमा बिहीबार विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका अनुसार बिहीबार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

केन्द्रले जारी गरेको सूचनामा स्याउले सब स्टेसनबाट वितरण हुने ११ केभी भात्काडा फिडरको ढुनढुने, दह ब्यारेक, धौलाकोट, भात्काडा लगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।

जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ ढुनढुनेदेखि दह ब्यारेकसम्म कन्डक्टर फेर्नुपर्ने भएकोले सेवा अवरुद्ध हुने वितरण केन्द्रले जानकारी दिएको छ ।

तोकिएको समयभन्दा अगाडि नै काम सकिए सोहीअनुसार सेवा अगाडि नै सुचारु हुने पनि केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update