Paschim Express
श्री एयरकी एयर हाेस्टेजमाथि दुर्व्यहार गर्ने युवक धनगढी विमानस्थलबाट पक्राउ

धनगढी । धनगढी विमानस्थलबाट श्री एयरलाइन्सकाे विमान उडानका क्रममा एयर हाेस्टेजमाथि दुर्व्यवहार गरेकाे आराेपमा एक युवकलाई पक्राउ गरिएको छ ।

श्री एयरलाइन्स मंगलबार साँझ ४ बजेकाे काठमाडौं-धनगढी उडान नम्बर २२५ मा एयर हाेस्टेजमाथि दुर्व्यवहार गरेकाे आराेपमा गाेदावरी नगरपालिका- १ का  शिवराज ओझालाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ।

काठमाडौंबाट ढिलो गरि उडेकाे श्रीएयरकाे विमान साँझ ५ बजेर ५० मिनेटमा धनगढी विमानस्थलमा अवतरण गरेकाे थियोे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाेकेन्द्र कार्कीले उडानका क्रममा एयरलाइन्सका कर्मचारीमाथि अभद्र व्यवहार गरेकाे गुनासोका आधारमा ओझालाई पक्राउ गरिएको जानकारी दिए ।

उनलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update