Paschim Express
डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध

डडेल्धुरा । केआइसिंह राजमार्ग अन्तरगत डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । वर्षाका कारण डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । 

बुधबार दिउँसो डडेल्धुरा गन्यापधुरा गाउँपालिका- २ रडुवाखाेला र ३ काे पुलाउ खोला, खडाखोला लगायत ५ ठाउँमा पहिरो खसेको प्रहरीले जनाएकाे छ ।  सडक अवरुद्ध हुँदा डडेल्धुरा–डोटी गइरहेका सवारीसाधन बीच बाटोमा रोकिएका छन् ।

अवरुद्ध सडक खुलाउन पहल भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update