Paschim Express
कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ ।

जिल्लाको दोधारा चाँदानी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो । बिहीबार बिहान उनलाई खेतमा काम गरिरहेका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।

बुधवार बेलुकी ५ बजे तिर सोही वडाका दीपक पन्तको खेतमा बाघ देखिएको थियो । स्थानीय पन्तका अनुसार वन, नेपाली सेना, शसस्त्र प्रहरी र प्रहरी टोलीले ड्रोनको सहायताले खोजी गर्दा समेत उखुबारीमा पसेको बाघ नदेखिएपछि उक्त टोली फिर्ता भएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update