Paschim Express
डडेल्धुरामा घरकाे बार्दलीबाट लडेर एकजनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा घरको बार्दलीबाट लडेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको अमरगढी नगरपालिका–८ टाटर बस्ने ६५ वर्षीय गगन सार्कीको मृत्यु भएको हो ।

घरको छानो बनाउने क्रममा घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएका गगनको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

उनी बिहीबार ६ बजे साँझ ६ बजे घाइते भएका थिए । उपचारका लागि डडेल्धुरा अस्पताल लग्दा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update