Paschim Express
कञ्चनपुरमा महिलाकाे ज्यान लिने नरभक्षी बाघ नियन्त्रणमा

कञ्चनपुर । बुधबारदेखि कञ्चनपुरको दोधारा चाँदनीमा देखिएको बाघ डार्ट(बेहोस गर्ने इन्जेक्सन) गरी नियन्त्रणमा लिइएको छ ।

आज बिहान ९ः३७ बजे बाघलाई डार्ट गरी  यन्त्रणमा लिइएको नेपाल आर्मीका मेजर नवीन बोहराले बताएका छन् ।

उक्त बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिँदै छ । त्यसपछि कहाँ लग्ने भन्नेबारे छलफल गरेर टुङ्गो लाग्ने बताइएको छ ।

उक्त नरभक्षी बाघकाे आक्रमणमा परेर बिहीबार बिहान १० बजे दोधारा चाँदनी नगरपालिका –२ की २३ वर्षीय हिरा शाहको मृत्यु भएको थियो । धान खेतमा काम गरिरहेकी उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update