Paschim Express
यी हुन् एमाले सुदूरपश्चिमका ९ जिल्लाका इन्चार्ज

डडेल्धुरा । नेकपा एमालेले ७७ वटै जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्य विभाजन, केन्द्रीय कमिटीमा मनोनयन, प्रदेश र जिल्ला इन्चार्ज तोकेको हो ।

सोहीअनुसार सुदूरपश्चिममा रहेका ९ जिल्लाका इन्चार्ज पनि तोकिएको छ । जिम्मेवारीअनुसार एमाले डडेल्धुराको इञ्चार्जमा पठानसिंह बोहरा बनेका छन् । यस्तै कैलालीमा नारदमुनि राना, कञ्चनपुरमा निरुदेवी पाल, बैतडीमा लिलाधर भट्ट, दार्चुलामा गणेशसिंह ठगुन्ना, डोटीमा गौरी ओली, अछाममा झपटबहादुर बोहरा, बझाङमा भैरवबहादुर सिंह र बाजुरामा लालबहादुर थापा इन्चार्ज बनेका छन् । 

यस्तै एमालेले निर्वाचन क्षेत्रको जिम्मेवारी पनि नेताहरूलाई तोकेको छ । यसअघि प्रदेशको जिम्मेवारी पनि एमालेले फेरेको थियो । सुदूरपश्चिममा भने प्रदेश इञ्चार्जको जिम्मेवारी लेखराज भट्टले पाएका छन् भने प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update