Paschim Express
सुदूरपश्चिममा कांग्रेस, एमाले र नाउपाले सोडारीलाई विश्वासको मत नदिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेले ह्विप जारी गरेका छन् ।

आज संसदीय दलको कार्यालय बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । साँझ ४ बजे प्रदेश सभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन लागेका हुन् ।

उक्त बैठकमा अनिवार्य उपस्थित हुन र विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए ।

कांग्रेस संसदीय दलका नेता कमल शाहले पनि विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिए ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सोडारीले विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ ।सुदूरपश्चिममा कांंग्रेसका १८ र एमालेका ११ सांसद छन् ।


दुबै दलले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै सोडारीले विश्वासको मत नपाउने निश्चित भएको हो ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि सोडारीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । दलका नेता घनश्याम चौधरीले सोडारीलाई विश्वासको मत नदिने बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update