Paschim Express
अस्ताए डडेल्धुरा घर भएका पूर्वमन्त्री भट्ट

डडेल्धुरा । डडेल्धुरा घर भएका पूर्वमन्त्री गणेश भट्टको निधन भएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं ३ मटेलामा जन्मिएका पञ्चायतकालिन नेता तथा पूर्वमन्त्री भट्टको शुक्रबार ८३ वर्षको उमेरमा  निधन भएको आफन्त टेकराज पनेरुले जानकारी दिए  ।

लामो समयदेखि पक्षधातका विरामी रहेका उनको  काठमाण्डौमै उपचारका क्रममा निधन भएको हो । १९९८ सालमा बुवा धनीराम र आमा राधादेवीको कोखवाट जन्मीएका भट्ट डडेल्धुरा विकासको खाका निमार्ण गर्ने व्यक्तित्वका रुपमा रहेका थिए ।

उनी २०३८ सालमा डडेल्धुराको जिल्ला विकास समितिमा सभापति हुंँदै ०४२ सालमा राष्ट्रिय पञ्चायत सदस्य भएपछि २०४३ सालमा राष्ट्रिय सुकुम्बासी आयोगको केन्द्रिय अध्यक्ष बनेका थिए । उनकै कार्यकालमा पूर्वी नेपालको झापा लगाएतका क्षेत्रमा लालपुर्जा वितरण गरिएको हो । 

०४४ सालमा उनी वन सहायक मन्त्री बनेका थिए  । २०४८ र २०५६ सालको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार शेरवहादुर देउवासंग पराजित भएका थिए उनी ।

राप्रपाका नेता रहेका पूर्वमन्त्री भट्टको निधनले जिल्लाको विकासप्रेमी व्यक्तित्व गुमाएको नेपाली काँग्रेस अजयमेरु सभापति टेकराज पाण्डेयले बताए ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update