Paschim Express
सुदूरपश्चिममा कांग्रेसका शाह दोस्रोपटक मुख्यमन्त्री बन्दै, संसदीय दलले गर्‍यो निर्णय

डडेल्धुरा । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलले संसदीय दलका नेता कमलबहादुर शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न दलको बैठकले शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको कांग्रेसका प्रदेश महामन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य मेघराज खड्काले जानकारी दिए । 

शाह एमालेको समर्थनमा दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्री मुख्यमन्त्री बन्न लागेका हुन् । दुबै दलका साँसदहरु प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न गएका छन् ।

शाहाले यसअघि करिब १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए । केन्द्रमा एमाले र माओवादीसहितको गठबन्धन बनेपछि अल्पमतमा परेका उनले गत चैत २२ चैतमा राजीनामा दिएका थिए । 

५३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । कांग्रेस र एमालेको गठबन्धन बनेसंगै अल्पमतमा परेका एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गत शुक्रबार राजीनामा दिएका थिए ।
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update