Paschim Express
ईजरायलमा १० नेपालीको मृत्यु, सात जना सुदूरपश्चिमका

386357372_6946327105389137_5528702717284160902_n1696775673.jpgकाठमाण्डै । दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा  १० जना नेपालीको मृत्यु भएको छ । जसमध्ये सात जना सुदूरपश्चिमका रहेका छन् । कञ्चनपुरका एक जना युवा सम्पर्क बिहीन भएका छन् । चार जना घाईते मध्ये दुई जनाको अवस्था गम्भीर छ । सम्पर्कमा आएका दुई जना मध्य एक जना मालिकसंग र अर्को एक जना प्रहरी हिरासतमा सुरक्षित रहेका छन् ।

मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका– ४ का नारायण प्रसाद न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिका–६ का गणेश कुमार नेपाली, बर्दगोरिया गाउँपालिका–३ का आशिष चौधरी, आदर्श गाउँपालिका–८ का पदम थापा, शिखर नगरपालिका –३ पच्नालीका राजन फुलारा, दार्चुलाको लेकम गाउँपालिका–५ का दिपेश बिष्ट, मालिकार्जुन गाउँपालिका– ४ लोकेन्द्र सिंह धामी रहेका छन् ।

त्यस्तै धनुषाका आनन्द साह, सुनसरीका राजेश कुमार स्वर्णकार,सल्यानका प्रबेश भण्डारीको समेत आक्रमणमा परी मृत्यु भएको छ ।

आक्रमणपछि कचनपुरको भीमदत्त नगरपालिका–३ का बिपिन जोशी सम्पर्क बिहीन भएका छन् । कैलालीको भजनी नगरपालिका–४ का बिरेन्द्र चौधरी र सल्यानका प्रमोद केसी प्रहरी हिरासतमा सुरक्षित छन् ।

आक्रमणपछि अस्पतालमा भर्ना गरिएका कैलालीको टीकापुर नगरपालिका–धन बहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेलको अवस्था भने सुरक्षित छ ।

त्यस्तै आक्रमणका क्रममा खुट्टामा गम्भीर चोट लागेका सल्यानका बिधान सेजुवाल र दाङको प्रविण डांगीको अस्पतालमा उपचार भईरहेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको  कृषि विज्ञान संकायका ४९ जना विद्यार्थी प्रयोगात्मक अध्ययनका क्रममा  ‘अर्न एन्ड लर्न’ कार्यक्रमका लागि ४९ जना विद्यार्थी भदौ २५ र २६ गते इजरायल गएका थिए । हमासको आक्रमणमा परी मृत्यु र घाईतेहुनेमा अधिकांश सुदूरपश्चिमका रहेका छन् । जसमध्ये ‘अर्न एन्ड लर्न’ कार्यक्रमका लागि ईजरायलका गएका विद्यार्थीहरु रहेका छन् ।

आक्रमणमा परी मृत्यु तथा घाईते हुने नेपालीहरुमा रोजगारी र अध्ययनका सिलसिलामा जानेहरु छन् । जसमध्ये मृत्यु हुने अधिकांश विद्यार्थी रहेका छन् ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update