Paschim Express
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

डडेल्धुरा ।  सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।

आइतबार बिहान नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । पहिलाेपटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका शाहले २२ चैतमा राजनीतिक समीकरण फेरिएपछि राजीनामा दिएका थिए ।

१७ असारमा का‌ंग्रेस र एमालेको गठबन्धन बनेपछि सोडारी मन्त्रिपरिषदबाट एमाले बाहिरिएको थियो । अल्पमतमा परेका सोडारीले गत शुक्रबार प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिएका थिए ।

 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update