Paschim Express
ढुंगाले लागेर सुदूरपश्चिममा दुईजनाको मृत्यु

डडेल्धुरा ।  ढुंगाले लागेर सुदूरपश्चिममा दुईजनाको मृत्यु भएकाे छ ।  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा ढुङ्गा खसेर बालिकाको मृत्यु भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका – १ जोरुका नन्दे कुमालकी १४ वर्षीया छोरी आकाशी कुमालको मृत्यु भएको हो । गाउँपालिकामा निमार्ण भईरहेको जोरु, गोठीगाउँ सडक खण्डमा गोरु चराउन गएका बेला डोजरले खनिरहेको ढुगां खसेर बालिका घाइते भएकी थिइन् ।

घाइते भएकी बालिकालाई उपचारका लागि शनिवार दिउसो कोल्टी अस्पतालमा ल्याइएको र उपचारकै क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी दिलीप कुमार गिरीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

यस्तै भिरबाट खसेको ढुंगा लागेर बैतडीमा पनि एक महिलाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीम भदेलगडाकी ४० वर्षीया जुनकीरी भुलको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो । 

आइतवार बिहान साढे ११ बजेतिर घरबाट घास काट्नका लागि गइरहेकी जुनकीरीलाई रातापैरा भन्ने स्थानमा भिरबाट खसेको ढुंगा लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्त धनीराम सार्कीले बताए । मृतक जुनकीरीका श्रीमान रोजगारीका लागि भारतको पिथौरागढमा रहेका छन् । उन

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update