Paschim Express
सुदूरपश्चिममा नेपाली काँग्रेसले टुंगायो मन्त्री र राज्यमन्त्रीको नाम

डडेल्धुरा । नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री बन्नेहरूको नाम टुंगो लगाएको छ । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको हो ।

प्रदेशसभा सदस्यहरु मेघराज खडका र बहादुरसिंह थापालाई मन्त्री तथा सरस्वती खड्का र प्रकाशबहादुर बमलाई राज्यमन्त्री बनाउने निर्णय भएको नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए । 

खड्का सामाजिक विकासमन्त्री, सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, थापा आर्थिक मामिलामन्त्री र बमलाई आर्थिक मामिला राज्यमन्त्री बनाउने निर्णय भएको सुनारले बताए । 

सोमबार दिउँसो साढे ३ बजे मुख्यमन्त्री कमलबहादुर शाहले शपथ ग्रहण गर्दैछन् । सोमबार नै उनले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update