Paschim Express
बंगलादेशमा प्रदर्शनकारीद्वारा प्रधानमन्त्री निवास कब्जा, हसिनाले छाडिन् देश

काठमाडौं । बंगलादेशका प्रदर्शनकारीहरुले प्रधानमन्त्री शेख हसिनाको कार्यालय र निवासमा कब्जा जमाएका छन् । प्रदर्शनकारीहरुले कार्यालय कब्जा लिएपछि प्रधानमन्त्री हसिनाले राजीनामा दिई देश छाडेकी छिन् ।

हिंसात्मक प्रदर्शनका कारण बंगलादेशमा आज एकैदिनमा सय बढीं मानिसको मृत्यु भएको छ ।

गत जुलाई १५ बाट भएको प्रदर्शन तथा त्यसबाट ३०० बढीको मृत्यु भएपछि राजीनामा दिएकी हुन् । ।

राजीनामापछि देश छाडेकी हसिनाले सैन्य हेलिकप्टरबाट भारतमा शरण लिएको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update