Paschim Express
कार्यसम्पादनमा सुदूरपश्चिमको डडेल्धुरा प्रशासन मात्रै टपटेनमा, प्रदेशमै भयो उत्कृष्ट

डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुरा कार्यसम्पादनमा देशकै उत्कृष्ट १० भित्र परेको छ । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबिच भएको कार्यसम्पादन सम्झौता बमोजिम जिल्ला प्रशासन कार्यालय डडेल्धुरा टपटेनमा पर्न सफल भएको हो । 

गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबिच आर्थिक वर्ष २०८०/०८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ७७ जिल्लामध्ये डडेल्धुरा प्रशासनले १०औं स्थान हासिल गरेको हो । 

डडेलधुराले ९६.४३ अंक ल्याएको छ । सुदूरपश्चिमको डडेल्धुरा प्रशासन मात्रै टपटेनमा पर्न सफल भएको हो । 

दुई वर्षअघि भने विभिन्न ६८ वटा परिसूचकमा डडेल्धुरा ९५ प्रतिशत अंक प्राप्त गर्दै प्रदेशका ९ जिल्लामध्ये पहिलो र देशरभरीमा पाँचौ सर्वोत्कृष्ट बन्न सफल भएको थियो । 

शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत ६८ वटा परिसूचकका आधारमा गृह मन्त्रालयले कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update