Paschim Express
सुदूरपश्चिम योजना आयोगका उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

डडेल्धुरा । योजना आयोग सुदूरपश्चिमका उपाध्यक्ष र मुख्य न्यायधिवक्ताले राजीनामा दिएका छन् ।

नीति तथा योजना आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्मा र मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका हुन् । 

मुख्यमन्त्री कमलबहादुर शाह समक्ष उनीहरूले राजीनामा दिएका हुन् । पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीले गत असार ३ गते एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका बझाङका विश्वकर्मालाई नीति तथा योजना आयोगको उपाध्यक्ष र डडेल्धुराका शाहीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

सरकार परिवर्तनसँगै उनीहरुले राजीनामा दिएका हुन् । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update