Paschim Express
डडेल्धुरा सदरमुकामकै सहकारीमा भयो चोरी, छेउमै छ प्रहरी बिट

डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाममै रहेको एक सहकारीमा चोरी भएको छ । जिल्ला सदरमुकामको तुफानडाँडामा रहेको सुन्दर अमरगढी सहकारीमा नगद र ल्यापटप चोरी भएको हो । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार सहकारीबाट नगद २५ हजार रुपैयाँ र एक ल्यापटप चोरी भएको हो । 

चोरी भएको जानकारी पाएपछि अहिले प्रहरी टोली सहकारीमा पुगेको छ । सहकारीको कार्यालय नजिकै प्रहरीको बिट पनि रहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update