Paschim Express
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौं- रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ ।

नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको हाे ।अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update