Paschim Express
डडेल्धुरा बसपार्क नजिकै जीप दुर्घटना, ४ जना घाइते

डडेल्धुरा । डडेल्धुरा सदरमुकामस्थित बसपार्क नजिकै जीप दुर्घटना भएको छ । सदरमुकामबाट गन्यापधुरा गाउँपालिका गइरहेको सुपप्र ०४००१च ०१३४ नम्बरको जीप नालीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ४ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घाइतेमध्ये एकजना गम्भीर अवस्थामा रहेका छन् । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ ।

दुर्घटनाबारे विस्तृत खुल्न बाँकी छ । 


 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update