Paschim Express
स्वास्थ्य मन्त्रालयले डडेल्धुरा अस्पतालसहित देशभरबाट माग्यो दरबन्दी विवरण 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डडेल्धुरा अस्पतालसहित देशभरका प्रतिष्ठानरअस्पतालबाट स्वीकृत दरबन्दी विवरण माग गरेको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गरी प्रतिष्ठानरअस्पतालको विकास समिति तर्फको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र उपलब्ध गराउन भनेको हो । 

पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, काठमाडौँस्थित वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, वीरगन्जस्थित नारायणी अस्पताल र चितवनस्थित भरतपुर अस्पताललाई सो विवरण उपलब्ध गराउन सूचनामा उल्लेख छ ।

यस्तै,  ललितपुरस्थित मानसिक अस्पताल, नेपालगन्जस्थित भेरी अस्पताल, विराटनगरस्थित कोशी अस्पताल, डडेल्धुरास्थित डडेल्धुरा अस्पताललाई पनि दरबन्दी विवरण माग गरिएको हो ।

यस्तै, नरदेवीस्थित आयुर्वेद चिकित्सालय, थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, कान्ति बाल अस्पताल महाराजगञ्ज, गजेन्द्र नारायण सिंह अस्पताल राजविराज, पशुपति होमियोप्याथिक चिकित्सालय, ललितपुर र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुसँग पनि दरबन्दी विवरण माग गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update