Paschim Express
मुख्यमन्त्री शाहद्वारा विश्वासको मत लिन सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वान

डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सभाको पााचै अधिवेशन आह्वान भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख नाजिर मियाँले आगामी साउन २७ गतेका लागि प्रदेश सभाको बैठक आह्वान गरेका हुन् ।

सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बुधबार रातिदेखि विशेष अधिवेशनको अन्त्य गरेका थिए । विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर संकलन सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश हिजो प्रमाणीकरण भइसकेको छ ।

२७ गते बस्ने पहिलो बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरेका छन् । नेकपा एमालेको समर्थनमा गत साता मुख्यमन्त्री नियुक्त भएका उनले सुरुमा नै विश्वासको मत लिएर काम कारबाही अघि बढाउने तयारी गरेका हुन् । कांग्रेस प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहलाई नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ । ५३ सदस्यीय प्रदेश सभामा तीन दलको सुविधाजनक बहुमत रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update