Paschim Express
डडेल्धुराकी भलिबल खेलाडी भट्टलाई मल्लले नगदसहित सम्मान गर्ने

डडेल्धुरा । डडेल्धुरा घर भइ हाल जापानमा रहेका समाजसेवी विनयप्रकाश मल्लले नेपाली महिला भलिबल टिमकी सदस्य कविता भट्टलाई सम्मान गर्ने घोषणा गरेका छन् । 

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडा घर भएकी भट्टलाई मल्लले नगद ५० हजारसहित सम्मान गर्ने घोषणा गरेका हुन् । डडेल्धुराको नाम राष्ट्रिय तथा अन्त्रर्राष्ट्रिय स्तरमा चिनाउन अहम भूमीका खेलेको भन्दै उनले सम्मान गर्ने बताएका छन् । 

नेपालको प्रतिनिधित्व गर्दै १९औँ एसियन गेममा सहभागी भइसकेकी भलिबल खेलाडी भट्ट भर्खरै सम्पन्न भएको काभा वुमेन्स कपमा नेपालको तर्फबाट खेलेकी थिइन् ।

अमरगढी नगरपालिका–४ खलंगाका मल्ल  हाल जापानमा व्यवसाय गरिरहेका छन् । जिल्लाका विभिन्न असाहय तथा विपन्नलाई बेलाबेला सहयोग गरिसकेका उनले यसपटक भने खेलाडीलाई सम्मान गर्ने प्रतिवद्धता जनाएका छन् । 


 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update