Paschim Express
बझाङमा पहिरोमा परेर एक वृद्धको मृत्यु

बझाङ । बझाङमा पहिरोमा परेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका–८ सिलङ्गी घर भएका ७१ वर्षीय रामप्रसाद जोशीको पहिरोमा परेर मृत्यु भएको हो ।

वडाध्यक्ष सुरेशबहादुर जेठाराका अनुसार आइतबार दिउँसो घर नजिकैको जंगलमा दाउरा काट्न गएका उनी एक्कासी ढुंगामुडा सहितको सुख्खा पहिरो जाँदा बेपत्ता भएका थिए । जोशी आज खोजतलास गर्दा जंगलमा मृत अवस्थामा भेटिएका वडाध्यक्ष जेठाराले बताए ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update