Paschim Express
चिसापानी–राजकाँडा केबुलकार सञ्चालन हुने

कैलाली । चन्द्रागिरि केबुलकारका सञ्चालक चन्द्रप्रसाद ढकालले कैलालीमा चिसापानी–राजकाँडा केबुलकार सञ्चालनमा ल्याउन लागेका छन् ।

आगामी २ वर्षभित्र चिसापानीदेखि राजकाँडासम्म केबुलकार सञ्चालनमा ल्याउन लागिएको हो । लम्कीचुहा नगरपालिका–३ चिसापानी र मोहन्याल गाउँपालिका–७ राजकाडाँसम्म विशेष गरी भारतीय पर्यटकलाई लक्षित गरेर केबुलकार सञ्चालनमा आउने भएको छ । चन्द्रागिरि केबुलकारका सञ्चालक चन्द्रप्रसाद ढकालले चिसापानीलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने बताए ।

कम्पनीले तीन दशमलव एक किलोमिटर लामो केबुलकार सञ्चालनमा ल्याउन लागेको छ। सो परियोजना सम्पन्न गर्न ७ अर्ब लगानी अनुमान गरिएको छ।

डा केबुलकार सञ्चालनका लागि नेपाल सरकारलाई रुखको क्षति बाफतको तीन करोड ५० लाख रुपैयाँ समेत भुक्तानी गरिसकिएको छ । केबुलकार निर्माणका लागि रुख कटानीको काम सकिएको छ । योजनास्थलमा एक हजार ८६६ रुख काटिएका छन् । जाल्पादेवी केबुलकार कम्पनीको नाममा दुई सय ५० रोपनी जग्गामा घेरबार समेत गरिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update