Paschim Express
सुदूरपश्चिम सरकारको मुख्य न्यायाधिक्तामा जोशी

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा अधिवक्ता ठेकन्द्रराज जोशी प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई आइतबार मुख्य न्यायाधिक्ताको नियुक्त गरेका हुन् । कानुन व्यवसायी जोशी यसअघिको मुख्यमन्त्री शाहकै नेतृत्वको प्रदेश सरकारको समयमा ८ महिना मुख्य न्यायाधिक्ता रहेका थिए ।

 

'प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम धनगढी उपमहानगरपालिका २ कैलालीका ठेकन्द्रराज जोशीलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ,' प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जोशी कांग्रेस नजिक प्रजातान्त्रिक कानुन व्यवसायी संघसँग आबद्ध रहेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update