Paschim Express
डडेल्धुरामा सर्पले डसेर एकजनाको मृत्यु, कैलालीमा पनि बालकको ज्यान गयाे

डडेल्धुरा । डडेल्धुरामा सर्पले डसेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको परशुराम नगरपालिका–३ तल्लो शिर्षवका ६० वर्षीय कमलसिँह साउँदको मृत्यु भएको हो ।

उनलाई राति सुतेका बेलासर्पले डसेको थियो । उपचारका लागि अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।

यस्तै सर्पकै टोकाईबाट कैलालीमा पनि एक बालकको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका–१० खमौराका बालक अखिल मालीको मृत्यु भएको हो । सर्पले डस्दा घाइते भएका अखिलको सोमवार नोभा हस्पिटल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update