Paschim Express
डडेल्धुरामा विभिन्न मुद्दामा फरार रहेका  ६ जना पक्राउ

डडेल्धुरा । डडेल्धुरा प्रहरीले अभद्र व्यवहार र जुवा मुद्दामा फरार  ६ जनालाई पक्राउ गरेकाे छ ।

अभद्र व्यवहार मुद्दामा ३ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएको अमरगढी नगरपालिका–५ बस्ने ४२ वर्षीय तिर्थ भण्डारी, जुवा मुद्दामा ५ हजार जरिवाना तोकिएको अमरगढी नगरपालिका–२ बस्ने ४१ वर्षीय तेजबहादुर ऐर, जुवा मुद्दामा ५ हजार जरिवाना तोकिएको अमरगढी नगरपालिका–१ बस्ने ३९ वर्षीय पूर्ण दमाई पक्राउ परेका छन्।

यस्तै जुवा मुद्दामा ५ हजार जरिवाना तोकिएको परशुराम नगरपालिका–१२ बस्ने ३५ वर्षीय नरेन्द्रबहादुर थापा, ३ हजार जरिवाना तोकिएको परशुराम  नगरपालिका–४ बस्ने ४४ वर्षीय टेकबहादुर बोहरा, जुवा मुद्दामै ५ हजार जरिवाना तोकिएको दाङको तुल्सीपुर उपमहानगरपालिका–७ बस्ने ४० वर्षी रोमहर्ष भण्डारी पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका ६ जनालाई सोमबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update