Paschim Express
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

डडेल्धुरा ।  सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बुधबार) विश्वासको मत लिँदै छन् ।

यसका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार छन् । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद छन् ।

बहुमतका लागि २७ सांसद आवश्यक पर्ने सुदूरपश्चिममा एमाले र कांग्रेसकै सांसद संख्याले पनि बहुमत पुग्छ । त्यसै नागरिक उन्मुक्तिको मत थपिँदा दुई तिहाइनजिक पुग्छ । तर लामो समयदेखि आन्तरिक किचलोमा अल्झिएको नागरिक उन्मुक्तिका सांसदहरुले एक ढिक्का भएर मत दिनेमा पनि यकिन भइसकेको छैन ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update