Paschim Express
नवदुर्गाको सेरि वनमा रहेको मोटरसाइकल जलाइयो

डडेल्धुरा ।  डडेल्धुरामा मोटरसाइकलमा आगलागी भएको छ ।

जिल्लाको नवदुर्गा गाउँपालिका–४ खालिस्थित सेरि सामुदायिक वनमा वेवारिसे अवस्थामा रहेको मोटरसाइकलमा मंगलबार राति आगलागी भएको हो ।

आगलागी हुँदा मोटरसाइकल जलेर पूर्णरूपमा नष्ट भएको छ । सुदूरपशिचम प्रदेश ०१ ००९ प अल्फाबेट खुलेको उक्त मोटरसाइकलको नम्बर खुल्न सकेको छैन । साथै मोटरसाइकल कसको हो भन्ने पत्ता पनि नलागेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update