Paschim Express
अस्ताए डडेल्धुरामा रिसोर्ट सञ्चालनको सुरुवात गर्ने जोशी 

डडेल्धुरा । डडेल्धुरामा पहिलोपटक रिसोर्ट खोल्ने अवधारणासहित रातो गुँरास रिसोर्ट सञ्चालनमा ल्याएका प्रमोद जोशीको निधन भएको छ । ५३ वर्षको उमेरमा उनको भारतको सिक्किममा निधन भएको परिवारिक स्रोतले बताएको छ । 

डडेल्धुराको अमरगढी नगरपालिका–८ टाँटर घर भएका उनी विद्यापरिधी गरेपछि पछिल्लो समय सिक्किममै काम गर्दै आएका थिए । हिजो कार्यालयका लागि जानेबेला उनलाई ह्रदयघात भएको बताइएको छ । उनको शव अन्तिम संस्कारका लागि नेपाल ल्याउन लागिएको बताइएको छ । 

इञ्जिनियरसमेत रहेका उनले हालको संसद भवन अर्थात् त्योबेलाको बिरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) निर्माणमा काम गरेका थिए । त्यस्तै गरिबी निवारण कोषको जिल्ला प्रमुख भएर पनि उनले काम गरिसकेका थिए । 

एक दशकअघि उनले सदरमुकामकै कुकुलेकमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याएका थिए । हाल उक्त रातो गुँरास रिसोर्टमा उनको १५ प्रतिशत शेयर रहेको थियो ।  

उनको निधनको खबरले जिल्लावासी स्तब्ध भएका छन् । 

हिजो मात्रै उनले 'इख नभएको मानिस र बिख नभएको सर्पलाइ कोही' टेर्दैन भन्दै आफ्नो फेसबुकमा पोष्ट साझा गरेका थिए । 

em-1723628330.png
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update