Paschim Express
बाली परिर्वतनले ल्याएको परिर्वतनः च्याउको बिउ उत्पादनमा डडेल्धुराका युवा

डडेल्धुरा ।  वन विनास लगायतका कारण अधिकांश क्षेत्रमा पुर्खाहरुले बनाएका न्वालाहरु सुक्दै गए वा भनाैं पानीका मुहान सुक्दै गए ।  सिजनमा हुने खेती गर्नसमेत आकाशको पानीको भर पर्नुपर्छ । पुसमा हिमालमा हिउँ र पहाडमा पानी पर्न छाडेपछि किसानलाई समस्या भइरहेकाे छ । 

सिँचाईका लागि त कहाँ हो कहाँ खानेपानी समेत घर नजिकको मुहानबाट पाउन सकस भएको छ । व्यवासायिक तरकारी खेतीबाट आम्दानी गराैँला सोचेका लाखौँ युवा अहिले कृषि विषय नै अध्ययन गरेर खाडी मुलुक धाउँदै छन् । 

यसैबीच जलवायु परिवर्तनले गर्दा देखापर्ने अनेक वातावरणीय समस्यासँग जुध्दै डडेल्धुराका युवाले च्याउखेतीबाट लाखाैं आम्दानी गरिएका छन् । यसको एक उदाहरण हुन् डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का अन्तराम जोशी । 
उनी अहिले गाउँमै बसेर च्याउखेती गरि मनग्गे आमदानी गरेर उदाहरणीय बनेका छन्। कुनै समय गहुँ खेतीमा समिति जोशीले अहिले च्याउखेतीबाट भएको आम्दानीले घर चलाईरहेका छन् ।  जोशीले गाउँमै कृषि तथा पशुपंछी फर्म च्याउ उत्पादन केन्द्र सञ्चालन गरेका हुन् । 

जोशीको परिवारले तरकारी खेती नगरेको हैन, तरकारीबाट पनि राम्रो आम्दानी गरेका थिए । पछिल्लो समस्या एउटै बालीले माटोको उत्पादन क्षमतामा कमी भएपछि उनले वैकल्पिक खेती सुरु गरेका हुन् । 

कृषक जोशी ४ वर्ष खाडीमुलुक मलेसिया बसेका थिए । मलेसियाबाट फर्केर युरोपियन देशतिर जाने तयारी गर्न उनी काठमाडौं फर्केका थिए । भिसा आउने क्रममा उनको काठमाडौँमा बसाई लम्बिदै गर्यो । त्यसक्रममा उनले काठमाडाँैमा एक च्याउ फर्ममा काम गरे ।  च्याउ खेतीको फर्ममा काम गरेपश्चात् उनलाई सिँचाई अभावका लगायतका बाबजुत पनि च्याउखेतीबाट मनग्ये आमदानी गर्न सकिनेरहेछ भन्ने कुरा थाहा भयो ।

420030316_245844288465164_2865637907253729224_n-1723697222.jpg
 

त्यहीँ समयमा कोभिडको महामारी सुरु भयो । जोशी पनि घर फर्के । त्यसपछि उनलाई पनि आफ्नै ठाउँमा च्याउ खेती गर्ने रहर जाग्यो । त्यसपछि उनी विदेश नगई  च्याउखेतीमा लागे । अहिले उनी घर परिवारको खर्चको व्यवस्था गरेर मनग्य आम्दानी गरिरहेका बताउँछन् । 

उनको फर्ममा कन्ये, गोब्रे र सिताके जातको च्याउ रहेका छन् । उनले वार्षिक सबै खर्च कटाएर अढाईदेखि तीन लाख मुनाफा कमाइरहेको बताए । ‘६ वर्ष काठमाडौँमा च्याउ फर्ममै काम गरेको हुँ । कोरोनापश्चात् फर्केर गाउँमै च्याउ खेती सुरु गरे । अहिले राम्रै भइरहेको छ,’ उनले भने ।

बजारको अवस्था राम्रै भएको उनको भनाइ छ । उनी भन्छन्, ‘च्याउ उत्पादन बढेको छ । हिउँदको समयमा तराईमा बढी उत्पादन हुन्छ । र, हामी तराईमा बजार पाउँदैनौं । पहाडी क्षेत्रमै कटाउनुपर्दा समस्या छ ।’

एक सय ५० देखि दुई सय ५० रुपैयाँ किलोसम्म च्याउ बिक्री गरिरहेको जोशी बताउँछन् । उनको फर्मको च्याउ डडेल्धुरा सदरमुकाम, दिपायल, बुडर अत्तरिया, बैतडी र दार्चुलासम्म पुग्ने गरेको छ ।

विगत दुई वर्षदेखि कृषि ज्ञान केन्द्रले आफूलाई सहयोग गरिरहेको जोशीको भनाइ छ । ‘गोब्रे च्याउ खेतीमा मलाई गत वर्ष पनि एकलाख १० हजारको सहयोग गरेको हो । कन्ये च्याउका लागि गाउँपालिकाले सुरुवातमा एकचोटी २० हजार जति बीउ दिएको थियो,’ उनले भने ।

अन्य समयमा घर परिवारको सदस्यबाटै सबैथोक काम गर्ने गरेको भएपनि च्याउ राख्ने समयमा ज्यालामा चारदेखि पाँचजना राख्ने गरेको उनले बताए ।

विदेशमा काम गर्दा साह्रै दुःख हुने उनी बताउँछन् । विदेशमा १६÷१७ घण्टा काम गर्नुपर्ने भएपनि यहाँ भने सहज भएको जोशीको अनुभव छ ।

डडेल्धुरामा च्याउको बिउ उत्पादन गर्ने पहिलो युवा खेमराज
डडेल्धुरामा पहिलोपटक च्याउको बिउ उत्पादन गर्ने थालिएको छ । जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर २ मा अहिले च्याउको बिउ उत्पादन हुन थालेको हो ।  

३९ वर्षीय खेमराज अवस्थीले पाखो जमिनमा तरकारी उत्पादन नभएपछि च्याउको बिउ उत्पादनबाट अहिले सहज रुपमा राम्रो आम्दानी गरिरहेको छन् । 

उनले भने, ‘पाखो जमिन अर्थात् सिँचाई सुविधा नभएको जग्गाको खेतको कुनामा एक पोखरी छ । तर पानी कम हुदै गएपछि व्यवसायीक तरकारी खेतीमा बाधा हुँदै गयो अहिले बाली परिर्वतन गरेको छु । अहिले त ठाउँ पनि परिर्वतन गरेको छु ।’ तीन÷तीन महिनामा अवस्थीले उत्पादन गरेको च्याउको बिउ बजारमा पुग्ने गरेको छ । 

उनले ५० हजार प्याकेट कन्ये च्याउ एक सिजनमा गर्ने गरेका छन् । १२ महिनामा च्याउको बिउबाट ७ लाख आम्दानी हुने गरेको छ ।

421254644_913599290309915_5936804920951485351_n-(1)-1723697272.jpg
 

उनले सिर्जनमा पाँचदेखि १० जना कामदार राख्ने गरेका छन् । ६ वर्ष बिउ उत्पादनको अनुभव भएकाका उनले अहिले सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाका साथै कैलाली कञ्चनपुरको बजारमा समेत विक्री विवरण गर्ने गरेको अनुभव सुनाए । 

च्याउ उत्पादक कृषक अवस्थीले अहिले गन्यापधुरा गाउँपालिकाका कृषकलाई कन्ये च्याउ उत्पादन तथा विक्री विवरणका विषयमा तालिम दिने गरेको गाउँपालिकाको कृिष शाखाले जनाएको छ । 

गाउँपालिकाले उनलाई स्थानीय स्रोत व्यक्ति तालिम प्रमाणपत्र प्रदान गरेका छ । च्याउ खेतीका लागे डडेल्धुरा जिल्लाको अधिकार स्थान राम्रो ठाउँ रहेको गन्यापधुरा गाउँपालिका कृषि शाखा प्रमुख योगेन्द्र देउवाले बताए । गाउँपालिकाले  कृषक अवस्थीलाई प्राविधिक तथा आर्थिक सहयोग गरेको छ । भने, उनले पालिका कृषकलाई व्यवसायीक च्याउखेती गर्ने सिकाई सहयोग गरेको कृषि शाखा प्रमुख देउवाले बताए । 

माटो परिक्षण तथा बाली परिर्वतन गरेर कृषि खेती गर्ने कृषकलाई स्थानीय तहले मात्र होइनन्  कृषि ज्ञान केन्द्र डडेल्धुरा समेत बीउमा अनुदान, हाते ट्याक्टरमा अनुदान, कृषि औजारमा अनुदान, माटो परिक्षण तथा साना सिँचाई निर्माणमा सहयोग गरेको निमित्त प्रमुख खेमराज पनेरुले बताए । 

‘च्याउ उत्पादन कृषक बढदै गएका छन् । बजार पनि राम्रो छ । मौसम अनुसारको कृषकलाई ज्ञान पनि राम्रो छ । ज्ञान केन्द्रले आवश्यकता हेरर कृषक औजार लगायतमा सहयोग गरिरहेको छ । नयाँ कृषकलाई प्राथमिकता दिएका छौँ’ उनले भने  ।

डडेल्धुरा एक मात्र च्याउको बीउ उत्पादन गर्ने प्रयोगशालामा विगतमा स्थापनाका लागि पनि कृषि ज्ञान केन्द्रले सहयोग गरेको निमीत्त प्रमुख पनेरुले बताए । उनले भने, ‘एक मात्र प्रयोगशालामा विगतमा स्थापनाका लागि पनि सहयोग गरिका थियौँ । अहिले प्राविधिक सहयोग बेला बेलामा भइरहेको छ । उनलाई मात्र हैन जिल्लाभरीका कृषकहरुलाई नै च्याउखेतीमा समस्या आएर प्राविधीक सहयोग गछौ ।’

च्याउ उत्पादन गर्ने कृषकलाई यहाँका सरकारी निकायले विभिन्न समयमा तालिम समेत दिने गरेको छ । कृषि पाठशालमा आधारीत तालिम बारीमै गएर सिकाउने गरेको कृषि प्राविधिकहरुको भनाई छ । 

सिँचाईको असुविधा, जंगली जनावरको डर, उत्पादन ह्रास तथा बजार माग अनुसार यहाँका कृषकले बाली परिर्वतनले महत्वर्णरुपमा लिन थालेको अगुवा कृषक दत्तीराज अवस्थीले बताए । 

एक वर्षमा कृषि क्षेत्रबाट ५० लाखको कारोबार गर्ने उनले आलुको मुलबीउ उत्पादन समेत डडेल्धुरामै गर्छन् । ‘बाली परिवर्तन अहिले अति आवश्यक बिषय बनेको छ । ‘युवाहरुलाई च्याउ खेती, कोदोखेती, कालीज पालनमा लाग्न मेरो सुझाव पहिलेबाट छ’ उनले भने, ‘अहिले पनि त्यही भन्छु । कृषि विषय अध्ययन गरेका छोरा मैले बनाएको बारीमा कृषक तथा कृषि बिषयका विद्यार्थीलाई अध्ययन गराउँछ ।’

स्थानीय सरकारले बजार माग अनुसारको खेती गर्ने कृषकलाई अनुदानका लागि छनोट गर्ने गरेको गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले बताए । उनले भने, ‘ मागमा आधारित कृषिका लागि सूचना प्रकाशित हुन्छ । त्यसमा बजेट कमै भएपनि नविनतम प्रविधि बजार माग अनुसारको व्यावसायिक योजना जुन व्यक्ति वा फार्मबाट आउछ त्यो छनोट हुन्छ ।’


 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update