Paschim Express
सुदूरपश्चिममा कर सङ्कलन कार्य सुरु

डडेल्धुरा ।  सुदूरपश्चिम प्रदेशमा कर सङ्कलनको कार्य सुरु भएको छ । प्रदेश सरकारले अध्यादेश ल्याएर कर सङ्कलनको कार्य सुचारु गरेको हो ।

पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले बजेटसहित आर्थिक र विनियोजन ऐन पास गराउन नसकेपछि सुदूरपश्चिममा कर सङ्कलन तथा आर्थिक गतिविधि बन्द भएका थिए। एक महिनादेखि उधारोमा आर्थिक गतिविधि चल्दै आएको छ । चालु आर्थिक वर्षको तीन हप्तासम्म करसमेत सङ्कलन गर्न नसकेको सरकारले अध्यादेश ल्याएर कर सङ्कलन सुचारु गरेको छ ।

सुदूरपश्चिम प्रदेश सामयिक कर सङ्कलनसम्बन्धी अध्यादेश, २०८१ जारी गरेर साउन २४ गतेबाट कर सङ्कलनको कार्य पुनः सुरु गरिएको हो । सो अध्यादेश मङ्गलवार प्रदेश सभाबाट सर्वसम्मतले स्वीकृत भएको छ । यातायात कार्यालय, धनगढीका प्रमुख नरेन्द्र शाहले कर सङ्कलनको काम सुरु भएको बताए । उनले भने, ‘अध्यादेश प्रदेश प्रमुखबाट स्वीकृत भएपछि करको काम सुरु भएको हो । यातायातका सबै काम सुरु भएका छन् । शुक्रवारदेखि काम थालेका हौ ।’

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update