Paschim Express
डोटीमा बस दुर्घटना

डोटी । डोटीमा रात्रि बस दुर्घटना भएको छ । दुर्घटनामा बसमा सवार १६ जना घाइते भएका छन् ।

धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दिपायल सिलगढी नगरपालिका – ४ समुहगाड अन्तरगत रेडियो नेपालको मोडमा बिहान ४ बजे बस दुर्घटना भएको हो । घाइतेहरुको सुजङ अस्पताल राजपुरमा उपचार भइरहेको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update