Paschim Express
डोटी बस दुर्घटना अपडेटः डडेल्धुराकी देउवासहित १६ जना घाइते [नामसहित]

डोटी। डोटीको दिपायल–सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

धनगढीबाट दिपायल जाँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस आज (शुक्रबार) बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भीमलाल भट्टराइले बताए । दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ। बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रिठा बस्ने २३ वर्षीया सविता देउवाको कानमा चोट लागेको छ । डोटीको दिपायल–सिलगढी नगरपालिका–६ थाप्लाका २९ वर्षीय भोजराज धामीको टाउकोमा चोट लागेको छ । सायल गाउँपालिका–७ गौरीगाउँका ८२ वर्षीय तेजबहादुर सिंहको टाउकोमा चोट लागेको छ। आदर्श गाउँपालिका–४ का ३० वर्षीय कृष्ण विष्टको ढाड र टाउकोमा चोट लागेको छ ।

३८ वर्षीय सन्तोष बोहराको कम्मर र हातमा चोट लागेको छ। शिखर नगरपालिका–१० वान्डुङग्रीसैनका ३५ वर्षीय भरत रावत ढाड, दाँया खुट्टामा चोट लागेको छ। उनी चालक हुन् । त्यस्तै डोटीको दिपायल–सिलगढी नगरपालिका–१ तिखाका ४० वर्षीय डम्मरीदेवी खड्काको खुट्टा, टाउको र कम्मरमा चोट लागेको छ। दिपायल–सिलगढी नगरपालिका–४ राजपुरका ३८ वर्षीय दिलबहादुर नेपालीको कम्मरमा चोट लागेको छ ।

त्यस्तै सायल गाउँपालिका–४ डौडका ६५ वर्षीय हर्कबहादुर सिंह ढाड र दाँया खुट्टामा चोट लागेको छ । केआईसिंह गाउँपालिका–२ डुम्राकोटका ४२ वर्षीय कमलविक्रम शाही (बस साहु) को दाँया खुट्टा, टाउको छाती र दाया हातमा चोट लागेको छ। दिपायल–सिलगढी नगरपालिका–६ का २९ वर्षीय भेषराज धामीको टाउको र हातमा चोट लागेको छ । आदर्श गाउँपालिका–१ का २३ वर्षीय प्रकाश खड्काको टाउकोमा चोट लागेको छ ।

पुर्वीचौकी गाउँपालिका–७ टिमुर दहका २१ वर्षीय हिक्मत विकको हात, खुट्टा र मुखमा चोट लागेको छ । बोगटान–फुड्सिल गाउँपालिका–६ पलाडीका ३५ वर्षीय देवबहादुर बोगटीको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । सायल गाउँपालिका–४ का ५६ वर्षीय लालबिरे भुलको टाउको, हात, ढाड र खुट्टामा चोट लागेको छ ।

सायल गाउँपालिका–२ का ४० वर्षीय दलबहादुर बयाडीको कम्मर र खुट्टामा चोट लागेको छ । घाइतेहरुको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ । बस दुर्घटना हुँदा दिपायल–सिलगढी नगरपालिका–४ लक्ष्मण बोगटीको पक्की घरको छतको दक्षिण पट्टीको कुना र एक तले कच्ची टिनले छाएको भान्सा र अर्जुन ठोकरको टिनले छाएको भान्सामा क्षति पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update