Paschim Express
डडेल्धुरामा विद्युत काउन्टरको सर्भर डाउन, बिल भुक्तानी सेवा स्थगित

डडेल्धुरा । नेपाल विद्युत प्राधिकरण, डडेल्धुरा वितरण केन्द्रको बिल काउन्टरको सर्भरमा समस्या आएको छ ।

सर्भर मर्मत गर्नुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म काउन्टरबाट दिइने सम्पूर्ण सेवा हाललाई स्थगित गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सर्भर मर्मत गर्न काठमाडौं पठाउनुपर्ने भएकाले केही दिन लाग्नसक्ने बताइएको छ ।

उक्त समस्याका कारण बिजुलको बिल भुक्तानी लगायतका काम बन्द भएका छन् ।  सर्भर डाउन भएका बेला लाग्ने जरिवाना छुट हुने केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update