Paschim Express
निजीलाई बलियो बनाएर सरकारी अस्पताललाई कमजोर बनाउन मिल्दैन : राज्यमन्त्री खड्का

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले निजी अस्पताललाई बलियो बनाएर सरकारी अस्पताललाई कमजोर बनाउन नमिल्ने बताएकी छिन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा आइतबार आयोजित स्वास्थ्य पुनर्स्थापना सम्बन्धि सेवाका लागि प्रदेशस्तरिय अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेकी राज्यमन्त्री खड्काले यस्तो बताएकी हुन् ।

`स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी चुनौती रहेको छ,´ उनले भनिन् , `निजी अस्पतालमा मनपरि भएको गुनासो पनि आउने गरेको छ । निजी अस्पताललाई बलियो बनाएर सरकारी अस्पताललाई कमजोर बनाउन कसैले पनि मिल्दैन ।´ राज्यमन्त्री खड्काले सरकारी अस्पतालको सेवा सुधारका लागि सक्रिय भएर लाग्ने बताइन् ।

उनले अपाङ्गता पुनस्थापना केन्द्र स्थापनाका लागि पनि पहल गर्ने प्रतिवद्द्ता जनाइन् । सुदूरपश्चिममा अपाङ्गता सम्बन्धि निति बन्ने चरणमा रहेको र त्यसलाई अन्तिम रुप दिन लाग्ने पनि राज्यमन्त्री खड्काको भनाई थियो । 

 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update