Paschim Express
 डडेल्धुराको राधाकृष्ण मन्दिरमा भजनसन्ध्या महामहोत्सव लाग्ने

डडेल्धुरा ।  कृष्णजन्माष्टमीको अवसरमा डडेल्धुरा सदरमुकाममा रहेको राधाकृष्ण मन्दिरमा भजनसन्ध्या महामहोत्सव लाग्ने भएको छ । बसपार्कमा रहेको सो मन्दिरको २५औं रजत जयन्तीको अवसरसमेत पारेर यहि भदौं ६ देखि ११ गतेसम्म उक्त महामहोत्सव  लाग्ने भएको हो । 

महोत्सवको अवधिभर हरेकदिन बिहान ५ बजेदेखि ७ बजेसम्म योग विज्ञान शिविर, १००८ शालिग्राम पुजन तथा परिक्रमा
बिहान ११ देखि ३ बजेसम्म भजन, सत्तसंग तथा दिव्य झाँकी, साँझ ५ देखि ७ बजेसम्म बालबालिकाका लागि बाल संस्कार र साँझ ७ देखि ९ बजेसम्म भजन, किर्तन र दिव्य झाँकी प्रदर्शनी हुने आयोजकले जनाएको छ । 

महोत्सवमा कौशिक जी महाराज, उद्घोषक हिरालाल कँडेल र कलाकार शिशिर साधक आउने आयोजकले जानएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update