Paschim Express
बझाङमा पहिरोमा परी आफन्त गुमाएकाे परिवारलाई बुङ्गल नगरपालिकाले ४ लाख राहत दिने

बझाङ  । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई बुङ्गल नगरपालिकाले राहत स्वरूप ४ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

बुङ्गल नगरपालिकाका मेयर जयबहादुर धामीले मृतकका परिवारलाई तत्काल राहत स्वरूप तत्काल १० हजार रुपैयाँ नगदसहित राहत सामग्री प्रदान गर्ने जानकारी दिए । साथै पालिकाले चार लाख रुपैयाँ दिने भएको छ ।

पहिरोले टुमेडागाउँका वीरबहादुर धामीको घर पुरिँदा उहाँकी श्रीमती कालीदेवी धामी, जेठी बुहारी गोल्के धामी तथा नातिनीहरू ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी गरी ४ जनाको ज्यान गएको थियो ।

यसअघि सुदूरपश्चिम सरकारले पनि मृतकका परिवारलाई राहत स्वरूप प्रतिव्यक्ति एक लाख रुपयाँ दिने घोषणा गरिसकेकाे छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update