काठमाडाै । नेपालका ७५३ स्थानीय तह मध्ये ५३९ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । नेपाल विद्युत प्राधिकरणका अनुसार १९६ स्थानीय तहमा आंशिक रूपमा विद्युतीकरण भएको छ।
१८ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण विद्युत पुर्याउन सकेको छैन । राष्ट्रिय प्रसारण ग्रिड नपुगेता पनि १८ स्थानीय तहका बासिन्दाले लघु जलविद्युत र सौर्य ऊर्जाबाट विद्युत उपभोग गरिरहेका छन् ।
७५३ स्थानीय तहमध्ये ५९० स्थानीय तहमा ९५ देखि शत प्रतिशतसम्म विद्युतीकरण भएको छ। ७२ स्थानीय तहमा ७५–९५ प्रतिशतसम्म विद्युतीकरण भएको छ। ३३ प्रतिशत स्थानीय तहमा ५०–७५ प्रतिशतसम्म, २६ स्थानीय तहमा २५–५० प्रतिशतसम्म र ३२ स्थानीय तहमा ०–२५ प्रतिशतसम्म विद्युतीकरण गरिएको छ।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये कञ्चनपुर र कैलालीमा शतप्रतिशत विद्युतीकरण भएको छ। बाजुरामा सबैभन्दा कम ३३.५१ प्रतिशत मात्र विद्युतीकरण भएको छ।
डडेल्धुरामा ९४.०८, डोटीमा ८८.०४, अछाममा ६५.९७, बैतडीमा ६१.७३, बझाङमा ६९.०३ र दार्चुलामा ८४.०१ प्रतिशत विद्युतीकरण भएको छ।